महोत्तरीको गौशालामा प्रथम गौशाला महोत्सव आयोजना हुँदै


अनुराग यादव

१६ फागुन ,महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकामा प्रथम गौशाला महोत्सव हुने भएको छ ।

गौशाला उद्योग वाणिज्य संघले आईतवार पत्रकार सम्मेलन महोत्सव चैत्र ६ देखि चैत्र १७ गतेसम्म आयोजन हुने महोत्सवमा विभिन्न किसिमका स्थानीयस्तरमा उत्पादित समाग्रीलाई स्टल खडा गरी प्रदर्शनीमा राखिने भएको छ ।

कोरोना महामारीले सुस्ताएको व्यपार–व्यवसायलाई चलायामान बनाउन महोत्तरीको गौशालामा प्रथम गौशाला महोत्सवको आयोजन गर्न लागिएको गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साहले बताए । गत बर्ष आयोजन गर्ने भनिएको गौशाला महोत्सव कोरोना संक्रमणका कारण स्थगित भएको थियो । तर यसपटक तोकिएकै मितिमा महोत्सव हुने अध्यक्ष साहले बताए ।

महोत्सवमा एउटा स्टलको १० हजार रूपैया राखिएको छ । स्थानीय व्यवसायीलाई स्टल शुःल्कमा ५० प्रतिशत छुटको प्रबन्ध मिलाईको पनि उनले जानकारी दिए । महोत्सवमा स्थानीय व्यवसायीलाई स्टल शुल्क ५ हजार रूपैया मात्र तोकिएको उनले जनाए ।
महोत्सव हेर्न आउने दर्शकहरुका प्रत्यक्षय निगरानि सिसि क्यामराले गरिने आयोज संस्थाले जानकारी गराएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको