देबराज तामाङ
१९ जेठ, बर्दिबास । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाका स्वतन्त्र तर्फबाट नव निर्वाचित नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीले आफ्नो कार्य अवधिभर प्रमुखले पाउने सरकारी सेवा सुबिधा नलिने घोषणा गरेका छन् ।
नगरपालिकाबाट सरकारी आवास, सवारी साधन, इन्धन र नगर प्रमुखले पाउने आर्थिक सुविधालाई प्रहलाद क्षेत्री विपन्न साहयता अक्षय कोष निर्माण गर्ने निर्णय गरेको छ ।
साहयता कोष बाट आर्थिक सङ्कल भएको व्याजवाट असहाय विपन्न वर्गलाई आर्थिक साहयता प्रदान गर्ने भएको छ ।









