मिरूना प्रकरणमा आरोपित फुर्वा लामा र प्रहरी यसो भन्छन्


१७ जेठ। कबड्डी ४ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा तामाङ्ग नामक एक बौद्ध भिक्षु रिहा भएका छन् । सोमबार पक्राउ परेका लामा मंगलबार ३ हजार धरौटीमा रिहा भएका हुन् ।

आफूविरुद्ध दुर्व्यवहार गरेको भन्दै अभिनेत्री मगरले प्रहरीमा उजुरी दिएकी थिइन् । उनको उजुरीपछि प्रहरीले लामालाई पक्राउ गरेको थियो ।

बौद्ध भिक्षु फुर्वा लामा तामाङ्गलाई भेट्न नेपाल तामाङ्ग घेदुङका संघिय अध्यक्ष प्रहरी हिरासत बिशालबजार पुगेका थिए । उनका अनुसार फुर्वा लामा तामाङ्ग मुगुका हुन । उनि १८ वर्ष देखि फर्पिङमा बसेर बौद्ध दर्शनको अध्ययन गरि हाल श्रामणेर भएका रहेछन् । कलाकार दयाहाङ राई उनको मन पर्ने कलाकार भएकाले छुट्टीको बेला फिलिम हेर्न गएको, बाहिर निस्कदा हिरोइन संग सबैले फोटो खिचिरहेको देखे पछि आफुले पनि फोटो खिच्न लाग्दा पहिलो फोटो हल्लिएर राम्रो नआएको र दोस्रो पटक म्याडम अलिक यता आउनुहोस्न भनि मोबाइल मिलाउदै गर्दा पछाडीबाट धक्का लाग्यो त्यस कारण एउटा हातले अभिनेत्रीको शरिरमा छुन पुगेको थियो । त्यस पछि मिरूनाले गालि गरेको, थप्पड मारेको र फुर्वा लामाले कान समातेर माफि समेत मागेका थिए । कहिल्यै तेस्तो केसमा नपरेको मान्छे भिड देखे पछि केहि हुने होकी भनेर डर लागेको, बोल्न खोज्दा आवाज नआएको र श्वास रोकिएको बताए ।

यहि घटनाका कारण मंगलबार बिहान युवाको समूहले चाबहिलस्थित केएल टावर अगाडि प्रदर्शन गर्दै फिल्म कबड्डी ४ विरुद्ध समेत नाराबाजी गरेका थिए । चाबहिलस्थित केएल टावरमा रहेको एफक्यूब सिनेमा हलमा मध्यान्न १२ देखि फिल्मको प्रदर्शन रोकिएको एफक्यूबका व्यवस्थापक रामहरी कोइरालाले बताएका छन् ।

मिरूनाले पनि एक अन्तर्वार्तामा आफूमाथि पटक(पटक छुने र चिमोट्ने गरेपछि मात्रै प्रतिकार गरेको बताएकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार पक्राउ परेका व्यक्तिले अभिनेत्रीमाथि ‘ब्याड टच’ गरेको प्रहरी स्रोतको दाबी रहेको छ । स्रोतले भन्यो,‘अनुसन्धानचाहिँ सकिएको छैन ।’

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म कबड्डी ४ को प्रदर्शन रोक्नुपर्ने भन्दै चलचित्र विकास बोर्डमा ७ बुँदे मागसहित ज्ञापन पत्र समेत परेको छ। ‘संयुक्त आम नेपाली जनताहरु’ भन्दै १४ जनाले फिल्मको प्रदर्शन रोक्नुपर्ने माग राखेर विकास बोर्डमा ज्ञापनपत्र बुझाएका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको