आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले बर्दिबासबाट उम्मेद्धवार वनेका मेयर तथा उप मेयर चुनावी अभियान अन्र्तगत मतदातासँग घरदैलो अभियानमा छन् ।

मेयर तर्फका उम्मेद्धवार टेक बलम्पाकि र उप मेयर दुर्गा दाहाल नेता तथा कार्यकर्ताहरु मतदातासँग घर दैलो अभियानमा लागि रहेको छ ।
शुक्रबार बर्दिबास नगरपालिका १४ नम्बर वडा बाट सुरु गर्दै आज किसान नगर , प्रेम नगर ६ र ७ नम्बर वडामा घर दैलो अभियान सन्चालन भइरहेको छ । आम मतदातासँग उम्मेद्धवारहरुले सुर्यध्वजा वाहक चिन्हमा मतदान गरेर विजयी गराउन आग्रह गर्दै आगामी दिनमा हरेक वडाको विकासमा विशेष योजना सहित काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

मतदाताहरुले उम्मेद्धवारसँग हालको सिचाइ खानेपानीको समस्या समाधानको विषयमा माग गरेका छन् । खानेपानीको समस्याको समाधान गर्न आफुहरु प्रतिवद्ध रहको मेयर तर्फका उम्मेद्धवार टेक बलम्पाकिले वताए ।

बलम्पाकिले भने सिचाइको समस्या बर्दिबास नगर भित्र नै मुल समस्या हो , सो समस्या समाधान गर्नु पहिलो प्राथमिकता हुने छ ।









