१४ वैशाख, राजविराज – चन्दन रजक। सप्तरीको बोदे बर्साईन नगरपालिका-५ स्थित सशस्त्र प्रहरी बल नेपालको फोर्वार्ड अपरेटिङ बेस (FOB) मा कार्यरत एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ।
मृत्यु हुनेमा बारा जिल्लाको पचरौटा नगरपालिका-८ निवासी ३८ वर्षीय सशस्त्र प्रहरी हवल्दार जितेन्द्र कुमार यादव रहेका छन्। आइतबार राति करिब साढे ३ बजेतिर शौचालय जाने क्रममा ब्यारेकको प्यासेजमा लडेर उनी अचेत अवस्थामा फेला परेका थिए।
अचेत अवस्थामा रहेका उनलाई तत्काल उपचारका लागि बोदे बर्साईनस्थित जीवन ज्योति अस्पताल लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले बिहान ४:२५ बजे उनलाई मृत घोषणा गरेका हुन्।
सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण मुख्यालय सप्तरीले जनाएको छ।









