रौतहटमा ट्र्याक्टर दुर्घटना, ८ वर्षीय बालकको मृत्यु


रौतहट। रौतहटको राजपुर नगरपालिका-१ मा ट्र्याक्टर दुर्घटनामा परी एक नाबालकको मृत्यु भएको छ।

पिपरा भगवानपुर टोलस्थित भित्री सडक खण्डमा अमेरी मस्जिदबाट कबरी स्थानतर्फ जाँदै गरेको ना६त ५४४० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा भारत मोतिहारी पडरी गाउँ बस्ने शेख सोनुका ८ वर्षीय छोरा शेख सादिक को मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक सादिक मामा शेख ममताज मुसतुफाको घरमा बस्दै आएका थिए। उनी स्थानीय रूपमा खेलिरहेको अवस्थामा ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका थिए।

घाइते बालकलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको