बीपी राजमार्गमा दुर्घटना: मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु, अर्को चालक घाइते


बर्दिबास। बीपी राजमार्ग अन्तर्गत मिथिला नगरपालिका-स्थित बाहुनमारामा भएको सवारी दुर्घटनामा एक मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ भने अर्का चालक घाइते भएका छन्।

प्रहरीका अनुसार बर्दिबास नगरपालिका-७ बस्ने तथा हाल ढल्केबर निवासी श्रावण महतोका २८ वर्षीय छोरा इन्द्रदेव महतोको दुर्घटनामा मृत्यु भएको हो।

मधेस प्रदेश ०२-००८ प ८५८३ नम्बरको मोटरसाइकलमा बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेका महतोको मोटरसाइकललाई विपरीत दिशाबाट आएको मोटरसाइकलले ठक्कर दिएको थियो।

सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको पल्सर २२० सीसी (मधेस प्रदेश ०२-००३ प ४४७१) मोटरसाइकलका चालक सन्तोष कार्की (कमलामाई नगरपालिका-४, सिन्धुली) ले ठक्कर दिएका थिए।

दुर्घटनामा कार्की घाइते भएका छन्। उनको जनसेवा अस्पताल मा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटना बिहान करिब ११ बजे भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको