जनता साहित्यिक मञ्च गौरीडाँडाको १५औँ शृङ्खला सम्पन्न


गौरीडाँडा, साउन १८ –
जनता साहित्यिक मञ्च गौरीडाँडाको १५औँ नियमित साहित्यिक शृङ्खला शुक्रबारका दिन मञ्चकी अध्यक्ष प्राची सुवेदीको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भयो । कार्यक्रम मञ्चको माथिल्लो सदनको आयोजनामा सम्पन्न भएको थियो ।

मञ्चका माथिल्लो सदनकी सचिव दिलिसा कार्कीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने अतिथिहरुमा जनता मा.वि.का विज्ञान संकाय संयोजक रुपेश यादव र वाणिज्य संकाय अन्तर्गत होटल म्यानेजमेन्ट प्रशिक्षक सोमराज पोखरेल रहेका थिए । उनीहरूले विद्यालयस्तरमै साहित्य मञ्च सञ्चालन हुनु विद्यार्थीका लागि प्रेरणादायक भएको उल्लेख गर्दै यसको प्रभाव सकारात्मक रहेको बताए ।

कार्यक्रममा बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा विद्यालयका शिक्षक रामचन्द्र पौडेलले विद्यालयमा साहित्य मञ्च सुरु भएपछि विद्यार्थीमा साहित्यप्रतिको रुचि मात्र होइन, आचरण र व्यवहारमा समेत सकारात्मक परिवर्तन देखिएको बताए ।

कार्यक्रमका अवसरमा विभिन्न लयका कविता, गीत र गजल वाचन गरिएका थिए । वाचन गर्ने स्रष्टाहरूमा विद्या साह, रितु गिरी, सन्जु महतो, सीमा महतो, सुजन प्याकुरेल, आनन्द महतो, आदित्य महतो, रोजिना घिमिरे, रितिशा अर्याल, नेहा महतो, शुभेच्छा घिमिरे, उमा बराल, प्रिन्सी मण्डल, आश्मा चौधरी, प्रेमकुमारी महतो, रिदम कार्की, सुजता थापा, स्वेच्छा महतो, सोमराज पोखरेल, दिलिसा कार्की र विपुल विद्रोही लगायतका स्रष्टाहरूले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मञ्चको तल्लो सदनकी अध्यक्ष शुभेच्छा घिमिरे र सदस्य रोजिना घिमिरे अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष प्राची सुवेदीले कार्यक्रममा उपस्थित भई साहित्यप्रेम देखाउने सम्पूर्ण अतिथि, सहभागी र स्रष्टाहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको