बर्दिवास, असार १५ ।
जनता साहित्यिक मञ्च, गौरीडाँडा–३, बर्दिबास, महोत्तरीद्वारा आयोजित १३औं साहित्य शृङ्खला यही २०८२ साल असार १३ गते शुक्रबारका दिन सम्पन्न भएको छ । मञ्चकी अध्यक्ष शुभेच्छा घिमिरेको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो भने कार्यक्रमको आयोजना मञ्चको तल्लो सदनले गरेको थियो ।
कार्यक्रममा अतिथिको रूपमा उपस्थित रहेका साहित्यकार रामचन्द्र पौडेलले शुभकामना मन्तव्य राख्दै विद्यार्थीहरूमा रहेको अन्तरनिहित क्षमतालाई कलाको माध्यमबाट उजागर गर्ने उद्देश्यले स्थापना भएको मञ्च निरन्तर फराकिलो बन्दै अघि बढ्ने विश्वास व्यक्त गरे । शिक्षक आशिष देवकोटा पनि अतिथिका रूपमा कार्यक्रममा सहभागी थिए ।
सदस्य रोजिना घिमिरेको सञ्चालनमा विविध कविता, गीत र गजल प्रस्तुत गरिएको उक्त कार्यक्रममा सौजल शाही, स्मृति पराजुली, प्रतिष्ठा पौडेल, निकी कुमारी महतो, स्मारिका थापा, अनुकल्प ढकाल, आरती काफ्ले, पूजा लोकान्द्री, मदन वराल, आकर्ष पोखरेल, विदुषी अर्याल, प्रज्वल गौतम, रोजिना घिमिरे र सन्ध्या रोकाले आफ्ना सिर्जनाहरू प्रस्तुत गरेका थिए ।
सञ्चालक रोजिना घिमिरेले बिच–बिचमा प्रस्तुत गरेका गजलहरू कार्यक्रमको आकर्षण बनेका थिए ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष शुभेच्छा घिमिरेले सहभागी सबै स्रष्टा, अतिथि तथा दर्शकहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ, सहयोग र सक्रियता रहने विश्वास व्यक्त गरेकी थिइन् ।











