बर्दिवास, महोत्तरी – १४ जेठ २०८२।
दिवंगत पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकको २३औँ स्मृति सभाको आयोजना बर्दिवासमा सम्पन्न भएको छ । प्रेस सेन्टर महोत्तरीको आयोजनामा तथा प्रगतिशील लेखक सङ्घ (प्रलेस) महोत्तरीको सहआयोजनामा मंगलबार बर्दिबास उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रेस सेन्टर महोत्तरीका अध्यक्ष विशाल बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न राजनीतिक दल, साहित्यिक संस्था र पत्रकारिता क्षेत्रमा संलग्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
वक्ताहरूले इच्छुकको योगदानको स्मरण गर्दै उनको त्याग, समर्पण र कलमको क्रान्तिकारी धारको प्रशंसा गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र महोत्तरीका इन्चार्ज प्रकाश पोखरेल, नेकपा वैज्ञानिक समाजवादीका केन्द्रीय प्रवक्ता मदन प्रभात, नेकपा एमाले बर्दिवास नगर सचिव निरज अधिकारी, प्रलेस धनुषाका अध्यक्ष गणेश घिमिरे, बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शी, सर्लाही साहित्य समाजकी उपाध्यक्ष राजेश्वरी काफ्ले, प्रलेस मधेस प्रदेश उपसचिव मिना देवकोटा, होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरी अध्यक्ष गुञ्ज बहादुर कार्की, वरिष्ठ पत्रकार दशरथ भण्डारी, बर्दिवास नगर पत्रकार सञ्जालका अध्यक्ष गोपाल बराल, सिस्नुपानी नेपाल महोत्तरी अध्यक्ष विश्वास अभियान, नेपाल पत्रकार महासंघ महोत्तरीका सदस्य जीवनराज दाहाल, आख्यान विभाग प्रमुख लिलानाथ गौतम, नवसर्जक साहित्य चौतारी मधेस प्रदेश उपाध्यक्ष प्रतिमा पौडेल, प्रेस युनियन महोत्तरी अध्यक्ष सन्तोष सिंह, प्रलेस केन्द्रीय सदस्य विमला विक, प्रलेस मधेस प्रदेश अध्यक्ष नारायण घिमिरे तथा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव एवं मधेस प्रदेश संयोजक सुनिता बरालले विचार व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन भीम कुमार राउतले गरेका थिए भने स्वागत मन्तव्य प्रलेस महोत्तरीका अध्यक्ष विपुल विद्रोहीले राखेका थिए ।











