पर्यटन विकासका लागि सवैसंग हातेमालो गर्न तयार छु ः मेयर क्षेत्री


बर्दिवास । बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीले आफू यस क्षेत्रको पर्यटन विकासका लागि सबैसंग हातेमालो गरी अघि बढ्न तयार रहेको बताएका छन् । ४५ औैँ विश्व पर्यटन दिवस–२०२४ बर्दिबासका अवसरमा बर्दिबास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रवद्र्धन समिति र होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीद्वारा संयुक्तरूपमा आयोजित ‘पर्यटन विकासका सम्भावना र चुनौती’ विषयक विचार गोष्ठीमा प्रमुख अतिथि मेयर क्षेत्रीले सो आह्वान गरेका हुन् ।
उनले आफ्र मेयरमा निर्वाचीत भएपछि पहिलो निर्णयनै पर्यटन व्यवसायमा मधेश प्रदेशकै नेतृत्व गरेका व्यक्ति हिरा गौतमको अध्यक्षतामा संस्कृति पर्यटन प्रवर्दन समिति वनाएर कामको शुरुवात गरेको स्मरण गरे । यसले पनि आफू पर्यटन विकासमा कति संवेदनशिल रहेको बताउने उहाँको धारणा थियो । बर्दिवास नगर धार्मिक, सास्कृतिक, प्राकृतिक पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै मेयर क्षत्रीले प्रदेस सरकार, केन्द्र सरकार, दातृनिकायहरूसंग साझेदारीमा बजेटसमेत विनियोजित भई काम सुरु भइसकेको जानकारी दिए ।
नगरप्रमुखको नाताले कुनै एउटा मात्र क्षेत्र हेर्न नमिल्ने भएकोले आफू निर्वाचित हुदाँको पहिलो वर्ष सडकमा, शिक्षामा, कृषिमा ध्यान दिएको उनले बताए । यही कारण अहिले देशमै सायद पहिलो नगर हुनुपर्छ छोटो अवधिमा करिव २५ किलोमिटर सडक पिच गर्ने बर्दिवास नगर रहेको उनको दावी थियो । किसानको समस्या हल गर्न कृषि उपजको वजार व्यवस्थापन, कृषि सडक, सिचाँईको सुविधा, सिचाईको लागि खेतखेतमा विद्युतिकरण यो सवै आफूले प्राथमिकतामा राखेको उनले बताए ।
शिक्षाको क्षेत्रमा पहिलो पटक प्रतिस्पर्धावाट प्राधानाध्यापकको छनौट गरी कार्यसम्पादन सम्झौताको आधारमा उहाँहरूलाई जिम्मेवार वनाउदा अहिले शैक्षिक स्तर धेरै माथि पुगेको उनले दावी गरे । विद्यालयलाई भौतिक पूर्वाधार सम्पन्न वनाउदै शिक्षकको कमीलाई नगर शिक्षक मार्फत पुर्ति गरिएको उनले जानकारी दिए ।
दिगो आम्दानीको श्रोत नभएको हाम्रो जस्तो नगरले भएको श्रोत साधनलाई उच्चतम प्रयोग गरी नगरवासीको सेवामा काम गरिरहेको उनको कथन थियो । हरेक वडामा शहरी स्वास्थ्य केन्द्रमार्फत नगरवासीलाई स्वास्थय सेवा प्रदान गर्दै त्याँहाबाट रेफर भएका विरामीको लागि वर्दिवास अस्पताललाई सुविधा सम्पन्न वनाई सवै प्रकारको उपचार हुने केन्द्रको रुपमा विकास गगरिदै लगिएको उनले बताए । केही तत्व नगरको विकासको फड्को देखेर रन्थनीएको पनि आफूले पाएको दावी गर्दै उनले भने ‘उनीहरूलाई अझै मेरो बाँकी कार्यकाल धैर्य गर्न अनुरोध गर्दछु ।’ अब आफ्नो अर्जुन दृष्टी पर्यटन विकासमा लाग्ने उनले जानकारी दिए ।
आफू बर्दिवासमै जन्मेर, खेलेर हुर्केकाले यहाँको, यसक्षेत्रको भूगोल, यहाँको धार्मिक, सांस्कृतिक, प्राकृतिक श्रोतका बारेमा राम्रो जानकार रहेको बताउँदै मेयर क्षेत्रीले राईमण्डलडाँडा, पञ्चधुरामाई, टुटेश्वरनाथ, राजावास, चनौटेडाँडालगायतका बर्दिवास क्षेत्रका महत्व र पर्यटन प्रवद्र्धका सम्भावना बारे जानकार रहेको दावी गरे । सोही कार्यक्रममा अर्को प्रशंग जोड्दै उनले वर्दिवासमा लाग्न लागेको सस्तो दशै वजार उपभोक्ताको लागि अझ सस्तो होस भन्ने कामना गरे ।
उनले व्यापारीहरूबाट ब्यापक गुनासा आएकाले स्टलको भाडा दश हजारवाट घटाई पाँच हजार वनाउन वर्दिवास व्यापार संघलाई अनुरोध गरकाले सोहीअनुसार काम भएको जानकारी दिए । ब्यापारीले स्टल निशुल्क पाउन, जसले गर्दा उपभोक्ताले अझ सस्तोमा किनमेल गर्न पाउन भन्ने आफ्नो चाहना भएको बताउँदै मेयर क्षेत्रीले भने ‘सोअनुसारको प्रस्ताव नगरपालिका कसैबाट पनि प्राप्त भएन ।’
सो कार्यक्रममा नगर संस्कति तथा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष साथै होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमले पर्यटन ब्यवासायको लागि नगरवाट आवश्यक सहयोग प्राप्त भइरहेको जानकारी दिए । उनले भने ‘हाम्रो समितिले यो बीचमा धेरै कार्यक्रम गरेको छ । बर्दिवास नगरपालिकाको संस्कृति, धार्मिक, प्राकृतिक पर्यटन विकासको लागि मेरो कार्यकालमा भएका कामहरुबाट धेरै नगरपालिकाहरुले सिकेर आफनो नगरमा लागु गरेको उदाहरणहरु प्रशस्तै छ ।’
कार्यक्रममा बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खडका, नाटा मधेशका महासचिव सुदर्शन काफ्ले, समाजसेवी मेघराज काफ्लेले बर्दिवास नगरको भौगोलिक अवस्था मधेशकै अनुपम भएकाले यसलाई विकास गर्दै पर्यटन प्रवद्र्धन गर्न सके यस क्षेत्रका जनताको कायाँपलट हुनसक्ने बताएका थिए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको