काठमाडौं, माघ १० गते ।
नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षा मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकास पौडेल पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेल र सुनिल पौडेललाई अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा बयानका लागि बोलाएपछि उपस्थित नभएपछि उनीहरुलाई पक्राउ गरेको हो ।
दुवै जनामाथि भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । त्यही सिलसिलामा उनीहरुमाथि गैरकानूनी सम्पत्तिआर्जनको उजुरी समेत परेको थियो । ‘धेरै पटक बोलाएर पनि नआएपछि उनीहरुमाथि निगरानी बढाएर आज पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ ।
दुवैलाई भोलि विशेष अदालतमा पेश गर्ने तयारी अख्तियारले गरेको छ ।
श्रोत onlinekhabar









