राष्ट्रियसभा निर्वाचनका लागि सातवटै प्रदेशमा मतपत्र पुर्‍याइयो


काठमाडौं, माघ ५ गते ।

राष्ट्रिय सभा निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि सात वटै प्रदेशमा मतपत्र पुर्‍याएको छ ।

आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले शुक्रबारसम्म सातै प्रदेशमा मतपत्र पुर्‍याइएको जानकारी दिए ।

प्रदेशसभा सदस्यका लागि सेतो कागजमा हरियो मसी अंकित मतपत्र र निर्वाचन चिन्ह रहेको मतपत्र बनाइएको छ ।

त्यसैगरी, नगरपालिकाका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षका लागि सेतो कागजमा रातो मसीले विवरण र निर्वाचन चिन्हसहितको मतपत्र छापिएको छ ।

कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२० मतपत्र, मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४० मतपत्र, बागमती प्रदेशमा निर्वाचन हुने चार पदका लागि आठ प्रकारका १७६० मतपत्र र गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्रहरू छन्।

त्यस्तै लुम्विनी प्रदेशमा निर्वाचन दुई पदका लागि चार प्रकारका ७ सय ४० मतपत्र, कर्णाली प्रदेशमा निर्वाचित हुने तीन पदका लागि ६ प्रकारका ७ सय ५० र सुदूरपश्चिममा तीन पदका लागि ६ प्रकारका ९ सय मतपत्र रहेका छन् ।

राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुने भएको छ । १९ पदका लागि आठ दलका ५२ जना उम्मेदवार छन् ।

प्रदेशका तोकिएका मतदान केन्द्र र मतदान केन्द्रहरूमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानका लागि ३८ प्रकारका कूल ६ हजार ९१० मतपत्र छापिएको छ ।

यस निर्वाचनमा निर्वाचित हुने राष्ट्रिय सभाका सदस्यहरूको पदावधि यहि २०८० को फागुन २१ गतेदेखि ६ वर्षको हुनेछ ।

श्रोत सोतोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको