धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्यो, सरकारले छनोट समिति


माघ ५ गते ।  

सरकारले करिब डेढ महिनादेखि धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदका लागि छनोट प्रक्रिया सुरु गरेको छ । यसका लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ ।

बोर्डको अध्यक्षमा रमेश हमालको कार्यकाल गत पुस २० गते सकिँदा उक्त पद रिक्त छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यमा अर्थसचिव डा। कृष्णहरि पुस्करसहित उदय निरौला छन् । निरौला शंकरदेव क्याम्पसका उपप्राध्यापक हुन् । निरौलालाई विज्ञको रुपमा सदस्य बनाइएको छ ।

समितिले बोर्डको अध्यक्ष छनोट सम्बन्धी कार्यविधि बनाएर सो पदका लागि विज्ञापन आह्वान गर्नेछ । कम्तिमा १५ दिनसम्म सार्वजनिक विज्ञापन प्रकाशित गरेपछि प्राप्त आवेदनका आधारमा ३ जनाको नाम छनोट गरी अध्यक्ष नियुक्तिका लागि सरकारलाई सिफारिस गर्नेछ ।

धितोपत्र ऐनअनुसार बोर्डको अध्यक्षमा सिफारिस गरिएका ३ जनामध्ये १ जनालाई नियुक्त गर्न अर्थमन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव लैजानेछन् । त्यसपछि मन्त्रिपरिषद्को सिफारिसमा एकजना बोर्डको अध्यक्ष बन्नेछन् ।

श्रोत सोतोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको