काठमाडौं, माघ ४ गते।
सेयर बजारमा ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो । अघिल्लो दिन बुधबार १२ दशमलव १० अंकले घटेको नेप्से परिसूचक आज ७ दशमलव २४ अंकले घटेर २१५५ दशमलव ८२ अंकमा झरेको थियो । सेन्सेटिभ इण्डेक्स ०.६७ प्रतिशतले घटेको छ ।
२९८ कम्पनीको २ करोड ११ लाख २५ हजार ७७६ कित्ता ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार २८२ रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबार रकम बुधबारको तुलनामा कम छ। बुधबार ९ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो । त्यसअघि मंगलबार ८ अर्ब २ करोडको मूल्य बराबरको सेयर कारोबार भएको थियो ।
एकल अंकले घटेको बजारमा चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमामा कारोबार भएको छ । रिडी पावर, सिनर्जी पावर, माहुली वित्तीय र गणपति लघुवित्त वित्तीयको सेयर १० प्रतिशतले बढेको छ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको ९.८५ प्रतिशतले बढेको छ ।
कारोबारको रकमका हिसाबले हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो । कम्पनीको १ अर्ब ८४ करोड ४२ लाख ३७ हजार ३२८ रुपैयाँमा किनबेच भएको थियो । यसैगरी सोनापुरको ३० करोड, नागदी ग्रुपको २३ करोड, रिडी पावरको १६ करोड र नेपाल वेयरहाउसिङको १५ करोड मूल्यको सेयर कारोबार गरेर कमाउने शीर्ष पाँच कम्पनीमा परेका छन् ।
कारोबार भएका १३ उपसमूहमध्ये ३ उपसमूहको मात्र मूल्य बढेको छ । फाइनान्स, हाइड्रोपावर र अदर्श उपसमूहको सूचक सकारात्मक रहे पनि अन्य ९ वटाको सूचक नकारात्मक छन् ।
११२ कम्पनीको मूल्य बढेको छ भने १३३ कम्पनीको मूल्य घटेको छ भने २ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
श्रोत अन्नपूर्ण



















