धनुषा, माघ १ गते ।
भन्सारबाट तस्करी गरी ल्याइएका चार गाडी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले भन्सार छलेर नेपाल ल्याएर नक्कली नम्बर प्लेटका चारवटा गाडी सहित सात जनालाई पक्राउ गरेको हो ।
प्रहरीले प्रदेश –२–०३–००१ च. ११४० नम्बरको क्रेटा , प्रदेश–२–०३–००१ च ०११० ब्रेजा , प्रदेश– २ – ०३ –००१च ५४८७ ब्रेजा, प्रदेश–२ –०३ –००१ च ३७३९ नम्बरको स्करपियो गाडी नक्कली नम्बर प्रयोग गरेर चलाएको प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिका–३ मालवाराका ५० वर्षीय मोख्तार अन्सारी, महोत्तरी लोहारपट्टी नगरपालिका–६ का ४० वर्षीय जमजम अन्सारुल कावारी, लोहरट्टी–४ का ३७ वर्षीय अजिम राइन, लोहारपट्टी ६ का २८ वर्षीय मोबारक अली, महोत्तरी कै मनरासिसवा ६ का रोशनकुमार ठाकुर, धनुषा जनकपुर २३ बिन्दीका ३४ वर्षीय अविद नदाफ र धनुषा धाम ३ का २८ वर्षीय पंकज शर्मा रहेका छन् ।
नक्कली सवारी ब्लुबुक बनाएर बिक्री गर्ने र भन्सार छलेको अभियोगमा उनीहरुलाई कानुनी कारबाही गरिएको बताइएको छ ।
श्रोत गोरखापत्त









