पर्वत, पुस ११ गते ।
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई ठगीको आरोपमा कार्यालयबाटै पक्राउ गरिएको छ । कार्यालयबाटै पराजुलीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले आज दिउँसो पक्राउ गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत पराजुली कास्की सहकारी रजिष्ट्रारको कार्यालय पोखरामा कार्यरत रहेका बेला सहकारीको कोष ठगीको मुद्दामा मुछिएका थिए । सहकारीको रजिष्ट्रार हुँदा उनले मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्दा घूस लिएको आरोप थियो ।
कास्की प्रहरीको आग्रहमा पर्वत प्रहरीले निजलाई पक्राउ गरी कास्की पठाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले राससलाई जानकारी दिनुभयो । तत्कालीन रजिष्ट्रार पराजुलीमाथि ५ लाख घुस लिएको आरोप छ ।
श्रोत रासस









