असोज १२ गते।
राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ।
५२ वर्षीय कार्कीलाई स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान नर्भिक अस्पताल लगिएको थियो। कार्कीको शरीरमा जीवनको कुनै संकेत नदेखिएको भन्दै अस्पतालले मृत घोषणा गरेको थियो।
कार्यालयमा कार्की राष्ट्रपति कानुन महाशाखामा कार्यरत थिए। सहसचिव कार्कीको निधन भएको अस्पताललाई उद्धृत गर्दै राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। ओखलढुंगाका कार्की हुन्।









