सर्लाहीमा २३.३१० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ


बर्दिबास । सर्लाहीको हरिवनबाट २३.३१० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास, महोत्तरीबाट खटिएको प्रहरी टोलीले २०८३ असोज २८ गते हरिवन नगरपालिका-४ बाट स्थानीय ३२ वर्षीय सागर पाख्रिन र २५ वर्षीय राज भुजेललाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट २३.३१० ग्राम खैरो हेरोइन, एक थान डिजिटल तराजु र दुई थान मोबाइल बरामद गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय हरिवन, सर्लाहीमा बुझाइएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार बरामद लागुऔषधको मात्रा र कसुरको प्रकृतिअनुसार दोषी ठहरिएमा कानुनी सजाय हुने व्यवस्था छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको