ढल्केबरमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, शिशुसहित तीन घाइते


धनुषा। धनुषाको मिथिला नगरपालिका-६, ढल्केबरस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने आठ महिनाको शिशुसहित तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दुर्घटनामा मिथिला नगरपालिका-६, ढल्केबरकी ३१ वर्षीया बिनिता कुमारी महतो गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा १६ वर्षीया अनुष्का कुमारी महतो र आठ महिनाको शिशु घाइते भएका छन्। साथै मोटरसाइकल चालक मिथिला नगरपालिका-८, जमुनिवासका ३२ वर्षीय प्रकाश थिङ पनि घाइते भएका छन्।

घाइतेहरूको ढल्केबरस्थित एक निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको