जीवनराज दाहाल (महोत्तरी)
समसामयिक विषयवस्तुमा आधारित सर्ट मुभी ‘शहरको रहर’ सार्वजनिक भइसकेको छ । उक्त मुभीको निर्देशन प्रमिला राईले गरेकी हुन् भने द्वन्द्व निर्देशन वाईबा डनले सम्हालेका छन् ।

मुभीमा वाईबा डन, प्रमिला राई, उर्मिला डंगोल, अनिल खड्गी, सानु राज खड्गी, अबिन लुईटेल, ईमान सिंह केसी, रामचन्द्र फुयाल, जीवन पुतुवार, तुलसा थापा, सीता ढकाल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
त्यसैगरी, मुभीको छायांकन तथा सम्पादन आर.बी सेन्चुरीले गरेका हुन् भने 4K नेपाल मिडियाले दृष्य निर्माण गरेको जनाएको छ । उक्त सर्ट मुभी PR Creation युट्युब च्यानलमार्फत सार्वजनिक भइसकेको निर्माण पक्षले जानकारी दिएको छ ।



















