प्रधानमन्त्री सुशीला कार्कीद्वारा निगौल गाईगौशालाको निरीक्षण


महोत्तरी। प्रधानमन्त्री सुशीला कार्की ले महोत्तरीको गौशालास्थित निगौल गाईगौशालाको निरीक्षण गर्नुभएको छ।

अन्तरिम सरकारको प्रधानमन्त्री बनेपछि पहिलो पटक महोत्तरी पुग्नुभएकी कार्कीले गौशाला नगरपालिका–३ नवराजपुरस्थित गाईगौशालाको निरीक्षण गर्नुभएको हो।

निगौल गाईगौशालामा रहेका गाईवस्तुको दयनीय अवस्थाबारे पटक-पटक गुनासो उठिरहेका बेला प्रधानमन्त्री कार्कीले निरीक्षणपछि जीवजन्तुको संरक्षण राज्यको दायित्व भएको बताउनुभयो। उहाँले गाईलाई संरक्षण गर्दै त्यसलाई रोजगारीसँग जोडेर आर्थिक अवसर सिर्जना गर्न सकिने उल्लेख गर्नुभयो।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “हिन्दु धर्ममा चरा, मुसा लगायतका सम्पूर्ण जीवजन्तुको पूजा गर्ने परम्परा छ, त्यसमा पनि गाईलाई आमाको रूपमा सम्मान गरिन्छ। त्यसैले गाईको शोषण हुनु हुँदैन, यसतर्फ सबै सचेत हुनुपर्छ।”

उहाँले गाईगौशालालाई उद्योगका रूपमा विकास गरी रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रमोद महतो लाई स्थानीय समस्या समाधानतर्फ ध्यान दिन निर्देशन दिनुभएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको