स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ घाइते


सर्लाही। सर्लाहीको बरहथवा नगरपालिका-१० सितापुरमा शुक्रबार साँझ भारतीय नम्बर प्लेटको स्कारपियोले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

बरहथवाबाट सितापुरतर्फ जाँदै गरेको डीएल ९ सी जेडओ ७७७ नम्बरको भारतीय स्कारपियोले पैदल हिँडिरहेका बरहथवा-९ का ५० वर्षीय नारायण जर्गा मगरलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका मगरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा रौतहटको दोस्तिया पिपरिया निवासी ७० वर्षीय कमल पटेल टाउकोमा गम्भीर चोट लागेर घाइते भएका छन्। उनको बरहथवास्थित हनुमन्त अस्पतालमा उपचार भइरहेको छ। अन्य १० जना घाइतेहरूको नगर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीले स्कारपियो र चालक बरहथवा नगरपालिका–१२ लौकठका ४० वर्षीय नरेश ठाकुरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको