महोत्तरीमा स्वास्थ्य केन्द्रको गेट भाँच्चिँदा ३ बालक घाइते


महोत्तरी। रामगोपालपुर नगरपालिका-६ स्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्र विशम्भरपुरको मुख्य गेट भाँच्चिँदा तीन बालक घाइते भएका छन्।

आइतबार बिदाको दिन खेल्ने क्रममा गेट भाँच्चिँदा स्थानीय विरेन्द्रकुमार यादवका ७ वर्षीय छोरा रबिन यादव, मनोज यादवका ७ वर्षीय छोरा गौतम यादव र शिवशंकर यादवका ८ वर्षीय छोरा दिपेश यादव घाइते भएका हुन्।

तीमध्ये रबिन यादवको अवस्था गम्भीर रहेको बताइएको छ। कम्मरमा गम्भीर चोट लागेकाले उनलाई थप उपचारका लागि काठमाडौं लगिएको उनका बुबा विरेन्द्र यादवले जानकारी दिए।

स्थानीयका अनुसार मधेश प्रदेश सरकारको लागतमा करिब ४५ लाख रुपैयाँमा केही दिनअघि मात्र स्वास्थ्य केन्द्रको पर्खाल र मुख्य गेट निर्माण गरिएको थियो।

घटनाबारे रामगोपालपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल दासले विस्तृत रूपमा बुझेर आवश्यक कदम चालिने बताएका छन्। बिदाको दिन कार्यालय बन्द रहेकाले घटनाको पूर्ण विवरण अझै संकलन भइरहेको उनले बताए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको