मटकोरमा नाच्दै गरेका युवक ट्र्याक्टरले किच्दा मृत्यु


धनुषा। बिहेको मटकोर कार्यक्रममा नाच्दै गरेका एक युवकको ट्र्याक्टरले किचेर मृत्यु भएको छ।

घटना मिथिला नगरपालिका-२ नक्टाझिझस्थित सुग्जोर पुल नजिक सोमबार राति भएको हो।

प्रहरीका अनुसार मिथिलाबिहारी नगरपालिका-६ तारापट्टी सिरसिरया निवासी १९ वर्षीय मनिष राउत मटकोर कार्यक्रममा डिजेमा नाच्दै गरेका बेला अचानक लडेका थिए। सोही समयमा बाटो हुँदै आएको ट्र्याक्टरले उनलाई किच्दा गम्भीर घाइते भएका थिए।

घटनाबारे इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिँदै ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ।

प्रत्यक्षदर्शीका अनुसार डिजेमा नाचगान गरिरहेका बेला राउत लडेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको