बौद्ध जागरण संघ नेपालको १७औं वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं — बौद्ध जागरण संघ नेपालको १७औं वार्षिक साधारण सभा विभिन्न जिल्लाबाट आएका लामा गुरुहरू र बौद्ध धर्मावलम्बीहरूको बाक्लो उपस्थितिमा सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका क्रममा संस्थालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सहयोगीहरूलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।

वि.सं. २०६३ सालमा स्थापना गरिएको बौद्ध जागरण संघ नेपालले बौद्ध धर्मको संरक्षण र प्रवर्द्धनका साथै समाजसेवामा समेत उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ। संस्थाका अध्यक्ष काइला लामाका अनुसार, स्थापना उद्देश्यमध्ये धर्मको प्रचार–प्रसारसँगै गरिबीको चपेटामा परेका तथा अनाथ बालबालिकाहरूको उत्थानका लागि शिक्षा र दीक्षा प्रदान गर्दै आएको छ।

नेपालको राजधानी काठमाडौंमा मुख्य कार्यालय रहेको संस्थाले हाल देशका विभिन्न भागमा शाखा विस्तार गरिरहेको र विशेषगरी लामाजुङ र बर्दिबास शाखाले उल्लेखनीय प्रगति गरेको संस्थाको दाबी छ।

साथै, निकट भविष्यमा सातै प्रदेशमा संस्था विस्तार गर्ने लक्ष्य लिइएको र बौद्ध धर्मको प्रचार–प्रसारका क्रममा चाँडै नै थाइल्यान्डमा तिर्थयात्रा गर्ने निर्णय गरिएको अध्यक्ष लामाले जानकारी दिनुभयो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको