जनता साहित्यिक मञ्च गौरीडाँडाको नवौँ शृङ्खला सम्पन्न


मिति २०८१ साल फागुन २३ गते शुक्रबारका दिन जनता साहित्यिक मञ्च गौरीडाँडा बर्दिबास-३,महोत्तरीको नवौँ (९) शृङ्खला यस मञ्चका उपाध्यक्ष राजेश भण्डारीको अध्यक्षतामा सम्पन्न भयो ।

सो शृङ्खलाको सञ्चालन मञ्चकी सक्रिय सदस्य विद्या साहले गरेकी थिइन् । यो शृङ्खला कार्यक्रममा शिक्षक रामचन्द्र पौडेलले कविता वाचन र लेखन कला सम्बन्धी विशेष प्रशिक्षणात्मक विचार राख्दै विद्यार्थीहरूमा साहित्यप्रति आकर्षण बढ्दै जाओस् भन्ने अभिप्रायले यस मञ्चको स्थापना र कार्यक्रमलाई निरन्तरता दिइएको कुरा व्यक्त गरेका थिए ।यसबाट विद्यार्थीमा थप जिज्ञासा प्राप्त भएको थियो । सो कार्यक्रममा शिक्षक अटुट बुढाथोकी अतिथिको रुपमा उपस्थिति थिए ।

उक्त कार्यक्रममा विभिन्न लयका कविता र गीत वाचन गरिएका थिए । सो कार्यक्रममा सिर्जना वाचन गर्नेहरूमा सञ्जु महतो,विद्या साह,साँक्षी यादव,सरिता दास,दिलिसा कार्की ,जिज्ञासा बैजु,रितु गिरी,गुड्डी गिरी,जयशंकर यादव ,रञ्जित कुमार यादव ,भगवान दास महतो,भिलिनटान दाहा,पप्पु कुमार ठाकुर ,विश्व कार्की रहेका छन् । कार्यक्रममा साहित्य अनुरागी विद्यार्थीहरूको बाक्लो उपस्थिति थियो ।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष राजेश भण्डारीले कार्यक्रममा उपस्थिति भएर कविता लेखन र वाचन सम्बन्धी महत्त्वपूर्ण विचार राख्नुहुने अतिथि शिक्षक रामचन्द्र पौडेल ,अतिथि अटुट बुढाथोकी र सिर्जना वाचन गर्ने लगायत सम्पूर्णमा हार्दिक आभार व्यक्त गरेका थिए । साथै आगामी दिनमा पनि यस्तै साथ सहयोग रहोस् भन्ने विचार राख्दै कार्यक्रम समापन गरेका थिए । उक्त कार्यक्रम विद्यालयको आई सि टि हलमा भएको थियो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको