बर्दिवासमा मुटु दिवस मनाइदैं


बर्दिवास । नेपाल हृदय रोग निवारण प्रतिष्ठान कार्यसमिति महोत्तरीले आइतबार बर्दिवासमा विश्व मुटु दिवस भब्यताकासाथ मनाउँदैछ । कार्यसमितिले सो अवसरमा बिहान प्रभातफेरी, रक्तदान र बालबालिकाको मुटु र टन्सिलको जाँच गरेर मनाउने भएको कार्यसमितिले जनाएको छ ।
आइतबार बिहान ६ः३० वजे नगरपालिका कार्यालय अगाडी जम्मा भई प्रभातफेरी गरिने कार्यसमितिले जनाएको छ । सो प्रभातफेरी भोलावसन्त चोक, सिन्धुलीरोड हुँदै राष्ट्रिय वाणिज्य बैंक नजिकबाट ओरालो झरेर पुनः सिन्धुली रोडको मुखको तीनकुनेमा आएर कोणसभामा परिणत हुने हृदय रोग प्रतिष्ठानको महोत्तरी कार्यसमितिले जानकारी दिएको छ ।
सडकमै रेडक्रस सोशाइटीको सहकार्यमा रक्तदान र देउराली माविका बालबालिकालाई दिउसो १२ देखि मुटु तथा टन्सिलको चेकजाँच गरिने कार्यक्रम रहेको कार्यसमितिको पत्रमा उल्लेख छ । सो प्रभातफेरीसहितको कार्यक्रममा उपस्थित हुन सबै नगरवासीलाई अनुरोध गरिएको कार्यसमितिका अध्यक्ष दीपक कार्कीले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको