नगरका शैक्षिकस्तर उकास्न प्रतिवद्ध छु ः मेयर क्षेत्री


बर्दिवास । बर्दिवास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीले नगरको समग्र शैक्षिकस्तर उकास्न आफू प्रतिवद्ध भएको बताएका छन् । रोटरी क्लब अफ बर्दिवासले शुक्रबार आयोजना गरेको शिक्षा विकासका लागि अन्तरक्रिया कार्यक्रममा मेयर क्षेत्रीले सो प्रतिवद्धता जनाएका हुन् ।
रोटरी क्लब अफ बर्दिवासले यस क्षेत्र शैक्षिक सुधार र उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै मेयर क्षेत्रीले नगरपालिका आफैले पनि शैक्षिक क्षेत्र सुधारका लागि धेरै कार्यक्रम अघि बढाएको जानकारी दिए । शिक्षाको विकास बिना नगरको मात्र होइन देशकै विकास नहुने भन्दै मेयर क्षेत्रीले शैक्षिक क्षेत्र विकासको मेरुदण्डको भएको आफूले राम्रोसंग बुझेको बताए । नगरको शिक्षा क्षेत्र, विद्यालयको अवस्था पहिलो कस्तो थियो र आफू आएपछि कस्तो परितर्वन भयो सबैले महशुस गरेको हुनु पर्ने मेयर क्षेत्रीको दावी थियो ।


कार्यक्रममा महोत्तरी जिल्ला क्षेत्रनं. १ (क) की प्रदेश सांसद शारदा देवी थापाले प्रमुख अतिथिको आसनबाट बोल्दै बर्दिवास क्षेत्रको शिक्षाको गुणस्तर र विद्यालयको भौतिक अवस्था सुधारका लागि आफूले सक्दो सहयोग गरिरहेको बताइन् । सांसद थापाले आफू सधैं शिक्षा सुधारका लागि काँधमा काँध मिलाएर अघि बढन तत्पर रहेको बताइन् । कार्यक्रममा बर्दिवास नगरभित्रका ५१ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विद्ययालय व्वस्थापन समितिका अध्यक्षहरूको सहभागिता थियो ।
कार्यक्रममा वक्ता बिरू बलम्पाकीले शैक्षिक सूचकांकमा मधेश प्रदेश कर्णालीभन्दा पछि रहेको तथ्यांक प्रस्तुत गर्दै संघीय सरकारलेनै फरक क्षमता भएकाहरूका लागि फरक खालको शिक्षा नीति तर्जुमा गर्नु पर्ने बताए । मधेशमा समग्र शिक्षाको स्तर कमजोर रहेकामा फरक क्षमता भएकाहरूलाई झन पछि पारिएको उनको गुनासो थियो ।
सो कार्यक्रममा बर्दिवास नगरपालिकाका प्रशासकीय अधिकृत भर्मानन्द जोशी, शिक्षा अधिकृत बिरबल पाके, र्पू शिक्षक तथा समाजसेवी केदार कोइराला तथा बर्दिवासका विभिन्न राजनीतिक दलको नेता, कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको