किमाथाङ्का (सङ्खुवासभा), साउन २० । नेपाल विद्युत प्राधिकरण कार्यालय, सङ्खुवासभा शाखा कार्यालयका मादीका इञ्चार्जसहित दुई कर्मचारीसहित कुटपिट भएको छ ।
विद्युत महसुल नतिरेमा काटिएको लाइन जोड्ने धम्की दिँदा कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिए । उनका अनुसार यही असार १५ गते इन्चार्ज राजकुमार राई र प्रदीप जिमीले कुटपिट भएको थियो ।
कुटपिट गरेको आरोपमा मादी नगरपालिका–४ ओखरबोटका लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बु विरुद्ध इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी परेको प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए ।
निजहरु विरुद्ध अभद्र व्यवहारको शीर्षकमा उजुरी परेको रहेछ । उजुरी लगत्तै उहाँहरु फरार भएकाले खोजी भइरहेको छ,’ उनले भने ।
विद्युत् महसुल नतिरेर विद्युत काट्ने विषयमा विवाद हुँदा राई र जिमीलाई गाली गलौज, हातपात तथा , थप्पड र कुटपिट भएको थियो । लिङ्थेपको क्रशर उद्योगले ६ लाख ४० हजार बक्यौता नतिरेपछि प्राधिकरणले लाइन काटेको प्रमुख यादवले बताए । कर्मचारीमाथि कुटपिट भएपछि माडीस्थित शाखा कार्यालय गत असार १५ गतेदेखि बन्द छ ।
उक्त कार्यालयमा ६ जना कर्मचारी कार्यरत छन् । शाखा कार्यालय बन्द भएपछि सेवाग्राही मारमा परेका छन् ।
कर्मचारीमाथि कुटपिटपछि अन्य कर्मचारी त्रासमा भएर कार्यालय बन्द गरेर सदरमुकाम आएका छन् ।