मिस नेपाल वर्ल्ड २०२४ को उपाधि जितिन् अस्माकुमारी केसीले


काठमाडौं, साउन २० । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार भएको ग्रान्ड फिनालेमा अस्माकुमारी केसीले मिस नेपाल वर्ल्ड २०२४ को उपाधि जितेकी हुन् ।

उनलाई मिस नेपाल २०२३ सृच्छा प्रधानले ताज लगाइदिइन् । मिस नेपाल अर्थको उपाधि सुमन केसीले जितेकी छिन् । मिस नेपाल इन्टरनेशनलको उपाधि करुणा रावतले प्राप्त गरिन् ।

मिस नेपाल वर्ल्ड अस्मा सोसल वर्कमा स्नातक अध्ययनरत छिन् । २६ वर्षकी उनको उचाई ५ ​​फिट ५ इन्च छ । उनी काठमाडौंका बासिन्दा हुन् ।

उपाधिका लागि २६ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

सबटाइटल विधातर्फ धेरै भोट ल्याएर अन्जना पुनले पपुलर च्वाइस, ऊर्जा नेवाले मिस फिटनेस, सिम्रिका मानन्धरले हेल्दी स्किन, साइरा खड्काले मिस भिजिनरी, प्रेरभिता स्वारले मिस कन्फिडेन्ट, सुमना केसीले मिस हाइजिन र अम्बिका राणाले ग्रीन भिजिनरी उत्कृष्ट भए ।

मिस फोटोजेनिक श्रद्धासुमन सिलवाल, फार्मेसी फेस अफ द इयर अस्मा केसी, मिस इन्टेलेक्चुअल दीक्षा अवस्थी र सुमना केसी ब्यूटी विथ पर्पस विधामा विजयी भए ।

मिस नेपालको इतिहासमा पहिलो पटक ‘ब्युटी विथ पर्पस’ विधाको आयोजना गरिएको हो । वुमन विथ द विंग्स विधामा किम्ती श्रेष्ठ विजयी भइन् ।

सेमिफाइनलमा उपाधिका लागि अस्मा केसी, सिम्रिका मानन्धर, प्रेरभिता स्वार, श्रद्धासुमन सिलवाल, करुणा रावत र सुमन केसीबीच कडा प्रतिस्पर्धा भएको थियो ।

फाइनलमा प्रियंकरणी जोशी, दिब्यदेव, शरद भेसवाकरलगायत ११ जना जज थिए । यस वर्षको संस्करणमा मिस नेपालको ३०औँ वार्षिगाँठ सेलिब्रेसन गरिएको थियो ।

समारोहको सुरुवात प्रथम मिस नेपाल रुवी राणाको मन्तव्यसँगै सुरु भएको थियो । मिस नेपालले आफ्नो तीन दशक लामो यात्रामा ल्याएको सामाजिक र लैङ्गिक परिवर्तनबारे चर्चा गर्दै राणाले आफ्नो अनुभव सुनाइन् ।

फिनाले समारोहमा आकर्षक नृत्य प्रस्तुत गरिएको थियो । सहाना बज्राचार्यको आयोजनामा ​​मिस नेपाल २०२३ ब्याच श्रीच्छा प्रधान, प्रसिद्धी शाह र रेना मजगैयाँ को(होस्ट थिए ।

द हिडन ट्रेजरले आयोजना गरेको उक्त समारोहमा पूर्व मिस नेपालहरुको उपस्थिति रहेको थियो । फाइनलमा जापानबाट आएकी मिस माल्टाको टोली र मिस इन्टरनेशनलका कार्यकारी निर्देशक पनि सहभागी थिए

onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको