एसइई परीक्षाको नतिजा सार्वजनिक, ‘४७.८६ प्रतिशत विध्यार्थीमात्रै उत्तिर्ण’


असार १३ । माध्यामिक शिक्षा परीक्षा (एसइई) को २०८० को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले विहीबार बिहान नतिजा सार्वजनिक गरेको हो।

एसइईको २०८० सालको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए। त्यस मध्य ४७.८६ प्रतिशतमात्रै विध्यार्थी उत्तिर्ण भएका छन्।

१८६ जनाको ४.० जिपीए आएको छ। ५२.१४ प्रतिशत विद्यार्थी नन ग्रेडिङमा परेका छन्। अर्थात् २ लाख ४२ हजार ९२ जना विद्यार्थीले कक्षा ११ पढ्न पाउने छैनन्।

परीक्षामा सहभागी २२१ जनाको नतिजा रद्द भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

परीक्षा बोर्डले यसपालि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ। उक्त निर्देशिकामा सैद्धान्तिक र आन्तरिक मूल्यांकन फरक(फरक गर्ने व्यवस्था छ।

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ।

सैद्धान्तिक पक्षका ७५ वटा विषयमा कम्तीमा २७ अंक र आन्तरिक पक्षका २५ वटा सम्पूर्ण विषयमा कम्तीमा १० अंक प्राप्त गर्नुपर्नेछ।

दुइवटा विषयसम्म नन ग्रेड (एनजी) आएका परीक्षार्थीहरूले १ महिनापछि पूरक परीक्षामा सहभागी हुन पाउनेछन्। नतिजा पनि एक महिनाभित्र सार्वजनिक हुनेछ ।

दुई वा सोभन्दा बढी विषयमा एनजी भएमा लगातार तीन वर्ष अनुत्तीर्ण भएका विषयहरूमा मात्र ग्रेड वृद्धिको परीक्षा दिन पाउनेछन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको