व्यवसायी र सरकारबीच सहमति भएपछि आजैदेखि पेट्रोलियम पदार्थको आपूर्ति


काठमाडौं, असार ३ । आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायी र सरकारबीच भएको छलफलमा सहमति भएपछि आजदेखि पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने भएको छ ।

नेपाल आयल आयल नियमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरी १५ दिन भित्र मजदुरका माग सम्बोधन गर्ने र आजैदेखि पेट्रोलियम पदार्थको ढुवानी सुचारु गर्ने सहमति भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

यससँगै थानकोट डिपोबाट निजी पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ आपूर्ति गरिने भएको छ । पेट्रोलियम पदार्थको आपूर्ति नहुँदा काठमाडौंका निजी पेट्रोल पम्पले आइतबारदेखि पेट्रोल वितरण बन्द गरेका थिए ।

नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेको थियो । मजदुरहरूले सबै ट्यांकर चालकरसहचालक मजदुरको श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोक अनुसार तलबको व्यवस्था गर्न माग गरेका छन् ।

स्वरोजगारको हकमा मात्र लागू हुने दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न माग गरिएको छ । तापक्रमको उचित व्यवस्थापन गरिनु पर्ने, सामाजिक सुरक्षा कोषमा जोड्नुगरिनु पर्ने, ५० लिटरभन्दा बढीको दोहोरो केस खारेज गरिनु पर्ने, चालक र सहचालकलाई जोखिम भत्ताको व्यवस्था गरिनु पर्ने, प्रत्येक ३ महिनामा चालक तथा सहचालकलाई सुरक्षा सतर्कता तालिमको व्यवस्था गरिनु पर्ने माग समेत गरिएको छ ।

यो पनि : https://talknepaltv.com/2024/06/17/18573/


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको