एसइई परीक्षा दिएका विद्यार्थीलाई बिदाई


२३ चैत्र, बर्दिवास ।
महोत्तरीको बर्दिवास नगरपालिका वडा नं. १ स्थित ग्लोबल एकेडेमी इङ्लिस बोर्डिङ स्कुलले एसइई परीक्षा दिएका विद्यार्थीहरुलाई शुक्रवार बिदाई तथा सम्मान कार्यक्रम गरेको छ।

महोत्तरी क्षेत्र नम्बर १ ९क० की मधेस प्रदेश संसद सारदा देबी थापाको प्रमुख आतिथ्यता तथा बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्री बिशेश आतिथी रहेको कार्यक्रमको सभापतित्व बिद्यालयका
संचालक समितिका अध्यक्ष उद्धब बहादुर क्षेत्रीले गरेका थिए ।

बिदाई कार्यक्रममा मन्तव्यको क्रममा प्रमुख अतिथि माननिय सादादेबी थापाले बर्दिवास नगरपालिकामा धेरै बिद्यालयहरु भएकोले हामी सबैको चुनौतीहरु पनि धेरै नै रहेको कुरा उल्लेख गरेकी छिन ।

उनले“यो प्रतिस्पर्धाको जमाना हो, उच्च प्रतिस्पर्धाको बाबजुत पनि राम्रो नम्बर ल्याएर पास गर्ने बिश्वास ब्यक्त गर्दै बिद्यार्थीलाई बधाई तथा शुभकामना“दिइन ।

उनले आगामी दिनमा एसइई पछि ११÷१२ मा बिकृतिहरु आएका छन, यसलाई तपाईं विद्यार्थीहरुले चिरेर जानुपर्छ, भन्दै आफ्नो अभिभावकहरुको सपना साकार पार्न र देशको कर्मठ योद्धा भएर देशको सेवा गर्ने उदेश्य राख्नुस,भन्दै विद्यार्थीहरुको आगामी शैक्षिक सफलताको शुभकामना व्यक्त गरीन ।

संसद थापाले बिदेश जाने सोच मात्रै होइन आफ्नै देशमा केहि सिकेर देशको सेवा गर्न बिद्यार्थीलाई सुझाव समेत दिईन ।

बिदाइ तथा सम्मान कार्यक्रममा ६३ जना बिद्यार्थीलाई स्कुलले सम्मान गरेको थियो। कार्यक्रममा विद्यार्थी भाइबहिनीहरुले गित तथा नृत्यद्वारा आफ्नो प्रतिभा देखाउदै मनोरञ्जन प्रदान गरेका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको