
काठमाडौँ, माघ २६ गते ।
काभ्रेको बनेपा नगरपालिका वडा न. ९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । १५ लाख घुससहित पक्राउ परेका बादेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
घर जाने बाटो सिफारिस गर्ने उद्देश्यले सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा गत माघ ३ गते उनलाई रंगेहात पक्राउ गरिएको थियो ।
अनुसन्धानको क्रममा जिल्ला काभ्रे, बनेपा नगरपालिका वडा नं। ९ का वडा अध्यक्ष नृपेश बादेले घरबाटो सिफारिस गर्ने प्रयोजनार्थ लागि सेवाग्राहीसँग रु १५ लाख (पन्ध्र लाख) घुस माग गरी लिएको पुष्टि भएको हुँदा निज नृपेश बादेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु १५ लाख कायम गरी सोही ऐनको दफा ३ को उपदफा १ को देहाय (च) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको छ’, अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
श्रोत रातोपाटी