काठमाडौं, माघ ५ गते ।
काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा फुटबल मैदान बनाउने विषयमा विरोध गरेको छ । खुला मञ्चलाई खेलमैदान बनाउने महानगरको नीतिविरुद्ध स्थानीय बासिन्दा र संरक्षणकर्मी उभिएका छन् ।
शुक्रवार पूर्व प्रधामन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेताहरू भीमसेनदास प्रधान, सुमन सायमी, हिसिला यमी, नागरिक अगुवा केदारभक्त माथेमा पत्रकार ऋषि धमला लगायत विरोध प्रदर्शनमा उत्रिए । खुलामञ्च खुला रहन देऊ, पुर्खाको नासो, जनताको हक लगायत नारा लेखिएका पम्पलेट बोकेर उनीहरुले विरोध जनाएका हुन् ।
विरोध कार्यक्रमपछि नेसपका अध्यक्ष भट्टराईले खुलामञ्चलाई थप व्यवस्थित गर्दै आम जनता र संस्थाले जनआवाज खुला रूपले मुखरित गर्न सक्ने सार्वजनिक स्थल बनाउनुपर्ने बताए ।
खुला फोरम खुला रहन दिनुहोस्।
यो पञ्चायतकालदेखिको लोकतान्त्रिक आन्दोलन र जन(प्रतिरोधको प्रतिबिम्ब भएको ठाउँ हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जीवनको समय २०३६ सालमा यसै मञ्चमा हृषीकेश शाह र अन्य मानवअधिकार नेताहरूसँग उभिएर पहिलो पटक गणतन्त्रको पक्षमा बोलेको मलाई अझै याद छ ।
उनले जीवन्त लोकतन्त्रमा संसद मात्रै होइन, सडक पनि जनताको दबाब र जनमत प्रदर्शन गर्ने महत्वपूर्ण स्थान हो भन्ने कुरा नबिर्सन आग्रह गरे । भट्टराई भन्छन्, ‘हिजोको आन्दोलनकारी सत्तामा आएपछि सडकमा जनताको आवाज दबाउन थाल्नु लोकतन्त्रका निम्ति लागि राम्रो सङ्केत होइन ।
श्रोत रातोपाटी











