स्वास्थ्य मन्त्रालयले भन्नुभयो: कोरोनाको नयाँ संस्करणको जोखिम बढेको छ, सतर्क रहनुहोस्


काठमाडौं, पुस १८ गते ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

कोभिड—१९ को सब(भ्यारियन्ट जेएन।१ संक्रमण दर विश्वव्यापी रूपमा बढिरहेको छ। छिमेकी भारतमा पनि यसको संक्रमण पुष्टि भएको छ । नेपालमा यसको पुष्टि नभए पनि संक्रमण फैलिने खतरा छ ।

त्यसैले भीडभाड हुने स्थानमा जनस्वास्थ्य मापदण्डको पालना गर्न, मास्कको प्रयोग गर्न, शारीरिक दूरी कायम गर्न र हातको सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

कोभिड–१९ को सङ्क्रमणका घटनाहरू सीमा नाकाहरूमा छिटपुट देखिने गरेका छन् । ‘हालसालै छिमेकी मुलुकमा पुष्टि भएको ओमिक्रोनको नयाँ सब–भ्यारियन्ट जेएन।१ नेपालमा जीन सिक्वेन्सिङ प्रविधिबाट पुष्टि भएको छैन,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भन्नुभयो । तर, सम्बन्धित देशसँग आवश्यक अनुगमन र समन्वय भइरहेको उनले बताउनुभयो ।

कोभिड–१९ को उपसमूहको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै मन्त्रालयले प्रवेश विन्दुमा रहेका सबै हेल्प डेस्क, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था र सरोकारवाला सबैको स्क्रिनिङ र अनुगमन भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको बताएको छ ।

मन्त्रालयले जनस्वास्थ्य मापदण्डको पालना गर्न, मास्कको प्रयोग गर्न, शारीरिक दूरी कायम गर्न र भोज, पार्टीजस्ता भीडभाड हुने ठाउँमा हातको सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ । कोभिड—१९ को सब(भ्यारियन्ट जेएन।१ संक्रमण दर विश्वव्यापी रूपमा बढिरहेको छ । जनस्वास्थ्य विज्ञहरुले नयाँ भेरियन्ट ‘जेएन–१’ भन्दा बढी संक्रामक हुन सक्ने भएकाले सावधानी अपनाउनु पर्ने बताएका छन् ।

सामान्यतया, भाइरसले आफैलाई नक्कल गर्छ। यो स्वभाविक पनि हो । यस अवस्थामा, सानो उत्परिवर्तन पनि हुन्छ। उत्परिवर्तन पछि, भाइरसको नयाँ रूप विकसित हुन्छ । जसलाई नयाँ भेरियन्टको उत्पत्ति मानिएको छ ।

कोभिड–१९ को नयाँ भेरियन्ट जेएन–१ जीन ‘स्पाइक प्रोटिन’ परिवर्तन भएपछि छिटो र छोटो अवधिमा फैलिने विज्ञहरू बताउँछन् । तर यो ओमिक्रोनको एक सबभेरियन्ट भएकोले, यो डेल्टा जत्तिकै घातक नहुने अनुमान गरिएको छ।

श्रोत onlinekhabar

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको