दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि


चितवन(रासस), पुस ५ गते ।

स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार भरतपुर अस्पतालले दीर्घकालीन बिरामीलाई तीन महिनासम्म औषधि दिन थालेको छ । अस्पतालमा स्वास्थ्य बीमा सुविधा मार्फत लामो समयसम्म औषधि सेवन गर्नेलाई एकैपटक तीन महिनाको औषधि दिने व्यवस्था गरिएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। श्रीराम तिवारीले स्वास्थ्य बीमा बोर्डको पत्रअनुसार विगतमा बीमा कार्यक्रमबाट सेवा लिनेलाई एक महिनाको औषधि दिइने भए पनि माघ ४ गतेदेखि एक आवश्यकता अनुसार तीन महिनासम्म औषधि दिने व्यवस्था मिलाइएको छ ।

उहाँका अनुसार उच्च रक्तचाप, मधुमेह, उच्च रक्तचाप, थाइराइडजस्ता दीर्घकालीन रोगका लागि औषधि लिनुपर्ने बिरामीलाई पहिले चिकित्सकले एक महिनासम्म औषधि खुवाउने गरेको थियो, अहिले आइएकामा तीन महिनासम्म दिने व्यवस्था गरिएको छ ।

नियमित औषधि सेवन गर्नेहरूले बाहिरी बिरामी सेवा टिकट लिएर चिकित्सकलाई देखाएर मात्र औषधि किन्न पाउँछन् । यसले अत्याधिक भीडभाड हुने गरेको गुनासो थियो । अस्पतालले स्वास्थ्य बीमा बिरामीलाई लक्षित गरी रिफिल काउन्टर सञ्चालन गरेको छ । अस्पतालमा बिरामीको चाप बढी भएकाले बीमाबाट नियमित औषधि लिनुपर्ने बिरामीका लागि रिफिल काउन्टर स्थापना गरिएको डा।तिवारीले बताउनुभयो ।

मेसु तिवारीले रिफिल काउन्टर बिहान ७ बजेदेखि १० बजेसम्म खुल्ने जानकारी दिनुभयो । यसले बीमाबाट औषधि लिन धेरै बिरामीको भीडभाडमा बस्ने बाध्यताको अन्त्य भएको उहाँले बताउनुभयो । अस्पतालले एक पटक सिफारिस भइसकेका सेवाग्राहीलाई सोही रोगको फलोअपको क्रममा पुनः सिफारिस गरिरहनु नपर्ने जानकारी दिएको छ । यसअघि पुनः परीक्षाका लागि आउँदा सिफारिससहित आउने व्यवस्था थियो ।

भरतपुर अस्पतालमा दैनिक ३ हजारभन्दा बढी बिरामी बाहिरी सेवा लिन आउने गरेका छन् । जसमध्ये ७० प्रतिशतको स्वास्थ्य बीमामार्फत उपचार गराउने हुने गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको