विशेष स्वास्थ्य शिविर


रसुवा , (रासस), मङ्सिर २० गते ।

रसुवा जिल्ला अस्पताल र गोरखा वेलफेयर ट्रष्ट नेपाल नामक संस्थाको सहयोगमा धुन्चेमा सञ्चालित विशेष स्वास्थ्य शिविरमा आठ सयभन्दा बढीले उपचार गराएका छन् ।

यीह १६ देखि १९ गतेसम्म सञ्चालन भएको शिविरमा दाँत, नाक, कान, घाँटीका समस्या र अपाङ्गता भएका ८ सय ५९ नागरिकको उपचार गराएको थिए । रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले जानकारी दिनुभयो।

स्वास्थ्य शिविरमा ५३४ दाँतको उपचार र ५६ अपाङ्गता भएकालाई सहयोग सामग्री वितरण गरिएको डा शाहले बताउनुभयो । स्वास्थ्य शिविरमा गोरखा वेलफेयर ट्रष्ट नेपालले ४१ भन्दा बढी जनशक्तिलाई आवश्यक उपकरण उपलब्ध गराएको संस्थाका प्रबन्ध निर्देशक जय लिम्बुले जानकारी दिनुभयो । शिविरमा जिल्लाका पाँच वटै गाउँपालिकाका बासिन्दाहरुको सहभागिता रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको