८ मंसुर,बर्दिवास– लामखट्टेको टोकाइबाट लाग्ने डेंगु रोग नियन्त्रणको लागि बर्दिवास नगरपालिकाले सर्च एण्ड डिस्ट्रोय अभियान का साथै डेंगु गराउने लामखट्टेको लागि औषधी स्प्रे गर्ने कार्यक्रम सुरु भएको छ ।
डेंगु नियन्त्रणको लागि संरोकारवालाहरुसंग भएको छलफल पश्चात नगरपालिकाले संक्रमितहरुको अवस्थाको जानकारी दिन र डेंगु नियन्त्रणको प्रयास प्रभावकारी बढाउन हेल्प डेस्क स्थापना, सर्च एण्ड डिस्टा्रेय कार्यक्रम, स्वास्थ्य शिक्षा, घरदैलो कार्यक्रम, औषधी स्प्रे गर्ने समेतको कार्यक्रम योजना तर्जुमा गरेको बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्रीले जानकारी दिनुभयो ।
बिहिबारबाट डेंगु रोग बारेमा जानकारी दिने र सर्च एण्ड डिस्ट्रोय अभियान थालनी गर्नुका साथ औषधी स्प्रे छर्नेकाम भईरहेको स्वास्थ्य शाखा संयोजक सुरेश पासवानले जानकारी दिनुभयो ।
डेंगु नियन्त्रण प्रभावकारी सर्च एण्ड डिस्ट्रोय कार्यक्रम, नगरिक जनचेतनाका साथै स्वास्थ्य शिक्षा, घरदैलो कार्यक्रम गरि सुचना दिने गरि कार्यक्रम गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीले बताउनुभयो ।
बर्दिवास नगरपालिका डेंगु रोगको उच्च जोखिममा रहेको भन्दै सर्च एण्ड डिस्टा«ेय र स्वास्थ्य शिक्षा प्रभावकारी बनाईने शाखा संयोजक पासवानले बताउनुभयो ।
यता बर्दिवास नगरपालिकाका बजार व्यवस्थापक समितिका संयोजक पुण्य प्रसाद गौतमका नेतृत्वमा औषधी स्प्रे छर्नेकाम जिम्मा दिएको नगरप्रमुख क्षेत्रीले बताउनुभयो ।









