नेता रिजाल दम्पतीले गराए मानवसेवा आश्रममा भाेजन


काठमाण्डाै ।  नेपाली कांग्रेस मधेस प्रदेश समिति सदस्य एवम् समाजसेवी युवा नेता ध्रुव रिजाल दम्पतीले शनिवार मानवसेवा आश्रममा भोजन गराएका छ्न । काठमाण्डाैंमा आश्रति २०० जना बढी मानवलाई भाेजन गराएका हुन ।
“समाजसेवी नेता रिजालले आफ्ना सासू ससुरा ओम कुमारी आचार्य र फडिन्द्र प्रसाद आचार्यकाे स्मृतिमा काठमाण्डाैं नागार्जुन नगरपालिका स्थित रानी वनमा रहेको मानवसेवा आश्रममा आश्रति मानवहरूलाई मीष्ठान्न भाेजन गराएका उनको सचिवालयले जनाएको छ ।
लालबन्दी नगरपालिका वडा नं-५, रन्जितपुरका स्थायी निवासी रिजाल नगर बिकास कोषको पूर्व अध्यक्ष हुन ।उनले विभिन्न समयमा विभिन्न संस्थाको कार्यकारी पद सम्हाली सकेका छन् ।
नेपाली कांग्रेस मधेस प्रदेश समिति सदस्य एवम् लालबन्दी-५ का क्षेत्रीय प्रतिनिधिसमेत रहेका युवा नेता रिजाल केही दिनमै चुनावी अभियानमा सहभागीहुन आफ्नो गृहनगर आउन लागेका उनको सचिवालयले जनाएको छ ।
उनको सचिवालयका अनुसार नेता रिजालले लालबन्दी नगरपालिका वडा नं. २ जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धसेवाश्रममा आश्रति वृद्धवृद्धालाई भाेजन गराएर चुनाव प्रचारप्रसारकाे अभियानमा सरिक हुने कार्यक्रम रहेको छ ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका उम्मेदवार जंगिलाल राय,काैशल किशोर राय ,नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि, कांग्रेसबाट चुनाव जितेका जनप्रतिनिधि,वडा र नगर सभापतिहरूको सहभागीता रहने उनको सचिवालयले जनाएको छ ।
समाजसेवी नेता एवम् नेपाली कांग्रेस मधेस प्रदेश समिति सदस्य रिजालले आफू गठबन्धनको उम्मेदवारलाई जिताउनु पर्छ भन्ने उद्देश्यले गृह नगर जना लागेको बताए ।
उनले पार्टीको निर्णयलाई सवैले स्विकार्नु पर्ने बताउदै, पाँच दलिय गठबन्धनका उम्मेदवार रामप्रकाश चाैधरी,बेची लुङ्गेली, उपेन्द्र महताे,लक्ष्मी गाेले प्रधान र शर्मिला थापालाई प्रत्यक्ष तथा समानुपातिक तर्फ मतदान गरिदिन विजयी गराईदिन सर्लाही क्षेत्र नं. १ का मतदातासंग उनले अपिल गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको