रक्षा गर्दा प्रकृतिको रक्षा हुन्छ आफ्नै रक्षा गर्दा वातावरण सवलाइ : लेखक घिमिरे


जनसंख्या वातवरण बिकासका गति
मिलाएर लानसके सवलाई हुन्छ जाती ।

प्रकृतिको संरक्षण र दिगो सम्रचना
निर्माण र रक्षा गरौ सवलाइ हुन्छ जाती ।

जनसंख्या नियन्त्रण र सम्पदाको रक्षा
गर्न सके मानिसले सवलाइ हुन्छ जाती ।

भुक्षय र बाढी पहिरो बन विनास जस्ता
प्रकोपलाइ रोक्न सके सवलाइ हुन्छ जाती ।

रक्षा गर्दा प्रकृतिको रक्षा हुन्छ आफ्नै
रक्षा गर्दा वातावरण सवलाइ हुन्छ जाती ।

जल अनी थलहरु वायौ पदूषणलाई
रोक्छौं भनी प्रण गरौ सवलाइ हुन्छ जाती ।

खाध्य अनि विकिरण ध्वनि पदूषणलाई
आजै देखि बन्द गरौ सवलाइ हुन्छ जाती ।

घर आँगन चुलो चौको मात्र हैन साथी
पुरै धर्ती सफा राखे सवलाइ हुन्छ जाती ।

अब्यवस्थित बसोबासो कमि चेतनाको
हटाएर बस्न सके सवलाइ हुन्छ जाती ।

विषाधिको अधिक प्रयोग कृषि बाली सित
नगरेकै भलो हुन्छ सबलाइ हुन्छ जाती ।

फोहोर मैला ब्यवस्थापन उचित तरिकाले
गरौ साथी आजै देखि सवलाइ हुन्छ जाती ।

उद्योगधन्दा कलकारखाना ब्यवसाय गर्दा
वातावरण मैत्री गरौ सवलाइ हुन्छ जाती ।

वातावरण शिक्षा अनि उत्तम सुचनाको
प्रचार र प्रसार गरे सवलाइ हुन्छ जाती ।

वातावरण संरक्षणको ज्ञान समाजलाइ
दिदै अगि बढ्न सके सबलाइ हुन्छ जाती ।

प्रयोग गर्दा हक आफ्नो भलो हुने सबै
सोची बुझी गरे देखि सवलाइ हुन्छ जाती ।

सोच्छ सफा वातावरण हाम्रो मौलिक हक
कार्यन्वयण गर्दा खेरी सवको हुन्छ जाती ।

वातावरण दुषित पार्ने कार्य गर्ने सवलाइ
कानुनको जिम्मा लगाउँ सवलाइ हुन्छ जाती ।

नारायण घिमिरे
अध्यक्ष
प्रगतिशिल लेखक संघ, महोत्तरी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको