बर्दिबासमा एमाले ले खाता खोले एक,एक भोटले दुई विजय


३ जेठ,बर्दिबास । महोत्तरीको बर्दिबासमा नेपाल कम्युनिष्ट पार्टी एमाले ले खाता खोलेका छन् । एमालेबाट उम्मेदवारी दिएका धिरेन्द्र कुमार सिंह श्याम राजा ले ५७८ मत प्राप्त गरी विजयी भएका छन् ।

उनको निकट प्रतिदन्दी नेपाली कांगे्रसका चोला राज प्याकुरेलले ४५२ मत प्राप्त गरेका छन् ।

बर्दिबास नगरपालिकमाम वडा। नं. १,२,७,८,१३ र १४ को मतगणना सम्पन्र भएको छ ।

वडा नं.१ मा स्वतन्त्रबाट भोला खड्काले ८९६मत प्राप्त गरी विजयी, वडा नं. ७ मा स्वतन्त्रबाट रामस्वगरारथ यादव (भोरिल) ले ७२७ मत प्राप्त गरी विजयी, वडा नं. ८ मा नेपाल कम्युुनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सम सेर सिंहले ७५१ मत प्राप्त गरी विजयी, वडा नं. १३ मा स्वतन्त्रबाट लक्ष्मण सिंहले ४३३ मत प्राप्त गरी विजयी र वडा नं. १४ मा स्वतन्त्रबाट विजय क्मार महतो विजयी भएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको