साथ दिनुहोस् बर्दिबास १४ नम्बर वाडाको मुहार फेर्ने छ, एमाले नेता पोखरेल


१६ बैशाख बर्दिबास । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा नेकपा एमालेले चुनावी गतिविधिलाई तिब्रता दिएको छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा बर्दिबासका एमाले नेता डाकराज पोखरेल घर दैलोमा पुगेर अहोरात्र खटेर ब्यस्त भएका छन । नेकपा एमाले बर्दिबास नगरबाट चौध नं वडा अध्यक्षको पदमा नाम सिफारीस भएका पोखरेल वडामा अब विकासले तिब्रता लिनेछ साथ दिनुहोस भन्दै लागि परेका छन ।

आफ्नो वडामा रहेको शिक्षा,स्वास्थ्य,खानेपानि र एकिकृत नमुना मुसर बस्तिमा भएको बालबालिका, बृद्द असाहयहरुमा रहेको मुख्य समस्याहरुलाई म वडामा आईसके पछि समाधान गर्ने छु भन्दै प्रतिबद्दता गरेका छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको