‘देबराज तामाङ
४ फागुन, बर्दिबास । दारी पाल्ने युवाहरुले मात्र नभएर सामाजिक क्षेत्रमा सहयोगी मन भएका युवाहरुले ‘दारी ग्याङ’ महोत्तरीमा पनि सक्रिय बनेको छ ।

आज भर्खरै जिल्लाको बर्दिबास नगरपालिका बर्दिबास बजारमा रहेको प्रेण्डसिप क्याफेमा युवाहरुको एक समूहले दारी ग्याङको नियमित भेला तथा प्रथम अधिवेशन गरेका छन् ।
बुधबार बर्दिबास बजारमा भेला भएका युवाहरुले दारी ग्याङ्गका कार्यकारि अध्यक्षको संयोजकत्वमा कमिटि तदर्थ रुपमा रहने गरी गठन गरेका हुन् ।
अधिवेशनबाट अध्यक्षमा प्रशान्त कुमार साह, उपध्यक्ष सुरिन्द्र साह, सचिब हिमाल प्रसाद पोख्रेल, सहसचिब गणेष ठाकुर, कोषाधक्ष्य सुमन तिमल्सिना र सदस्यमा नरविर राई,राकेस साह चयन भएका छन् ।

सन् २०१६ देखि केही लामो दारी पाल्ने युवाहरु मिलेर ‘दारी ग्याङ’ नामक समूहले औपचारिक रुपमा गठन गरेका थिए । त्यसैको बिभिन्न जिल्ला तथा नगर र टोलहरुमा समेत कमिटिहरु गठन हुँदै आएको छ ।
जसले बिभिन्न सामाजिक अभियानसमेत सञ्चालन गर्दै आएको अध्यक्ष प्रशान्त कुमार साहको दाबी छ ।
‘दारी ग्याङ’ राजनीतिकरहित, गैरधार्मिक एक सामाजिक संस्था रहेको दारी ग्याङमा संलग्न युवाहरुले बताउदै आएका छन् ।
भर्खरै गठित तदर्थ कमितिले चाँडै बर्दिबास नगरपालिका एरीयामा अवलोकन गरेर समस्याहरु रहेको ठाँउमा दारी ग्याङ बाट हुन सक्ने सहयोग गर्ने समेत निणर्य गरेको छ ।









