महोत्तरीमा नवनिर्मित कांग्रेसको जिल्ला पार्टी कार्यालयको उदघाटन गर्न पुगे उपसभापति निधी


८ साउन ,महोत्तरी । नवनिर्मित कांग्रेसको जिल्ला पार्टी कार्यालयको उदघाटन गर्न नेपाली कांगे्रशका नेता तथा उपसभापति विमलेन्द्र निधी महोत्तरीमा पुगेका छन ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका लागि तयारीमा जुटेका उपसभापति विमलेन्द्र निधीलाई गृह क्षेत्रमा विहिवार भव्य स्वागत गरिएको हो ।

नवनिर्मित कांग्रेसको जिल्ला पार्टी कार्यालयको उदघाटन गर्न बर्दिबास हुँदै जलेश्वर पुगेका निधीको बर्दिबासमा भव्य स्वागत गरिएको हो। प्रदेश २ का सयौं चारपाँग्रे गाडीसहित नेता कार्यकर्ताले भव्य स्वागत गरेका छन्।

 

बर्दिबासदेखि जलेश्वर सम्म महोत्तरीको विभिन्न नगरपालिकामा उनका समर्थकहरुले स्वागत गरेका छन्। यस्तै निधीले मुलुक संकटमा परेको बेला कांग्रेसले जिम्मेवारीपूर्वक ढंगले पार लगाउने काम गर्दै आएको बताएका छन्।

देशमा देखिएको कुनै पनि तानाशाह र प्रतिगमनलाई कांग्रेसले अहिले सम्म पछार्दै आएको उनको भनाइ थियो। महेश्वर प्रसाद सिंह स्मृतिभवन तथा महोत्तरी कांग्रेसको जिल्ला पार्टी कार्यालयको उदघाटन तथा शालिक अनावरण समारोहका निधीले देशमा विकास, समृद्धि र आर्थिक समुन्नतिको अभिभारा कांग्रेसको काँधमा रहेको बताए।
उनले भने हिमाल,पहाड मधेश सबैको नेपाली, सबैको काग्रेश हो हाम्रो पार्टीको मुल एजेन्ठा सहित अव आउदै गरेको चुनावमा हाम्रो रुखले देश र जन्ताका लागि परिर्वतनका पक्षमा , प्रणलीका पक्षमा र संविधानका पक्षका वकालत गदै देश भरि रुख अग्रगमनमा रहने बताए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको