१५ फागुन, बर्दिबास । महोत्तरीको बर्दिबासमा तेस्रो बर्दिबास महोत्सव १३ दिनसम्म संचालन हुने २०७७ को आयोजन हुने भएको छ । बर्दिबास उद्योग बाणिज्य संघको आयोजनमा आउँदो फागुन २५ गतेदेखि चैत्त ८ गतेसम्म महोत्सव संचालन हुन लागेको बर्दिबास उद्योग बाणिज्य संघ बर्दिबासका महासचिव भवनाथ खतिवडाले पत्रकार सम्मेलनमा जनकारी गाएको हो ।
उनका अनुसार विश्वभरी फैलिएको कोरोना भाईरसको संक्रमणले सुताएको व्यपार प्रबद्र्धनमा महोत्सवले टेवा पुग्ने विश्वास लिइएको छ । ‘कोरोना महामारीले हामी व्यवसायी एक किसिमले थला नै परेका छौं । आयोजन गरिन लागेको महोत्सवले कृषि उपब्ज, होटल, पर्यटन क्षेत्रको प्रबद्र्धनमा पक्का सहयोगने महासचिव खतिवडाले बताएका छन ।
१३ लिने महोत्सवमा १ सय ५० स्टल राखिने छ । ढेड लाख दर्शक उतार्ने लक्ष्य लिएको महोत्सव आयोजनमा ३५ लाख खर्च लाग्ने अनुमान गरिएको बर्दिवास उद्योग बाणिज्य संघका अध्यक्ष प्रलाद कुमार क्षेत्रीले टक नेपाललाई जानकारी गराएको हुन ।
स्थानीय बस्तुहरुको प्रदर्शनी, ब्यबसायिक स्टल, अत्याधुनिक खेल समाग्री,नेपालको चर्चित कलाकारको प्रस्तुतीकरण रहने आयोजकले बताए । महोत्सव अवलोकन गर्न प्रति टिकट ५५ रुपैंया तिर्नु पर्ने शुःल्क राखिएको छ ।
बर्दिबास उद्योग बाणिज्य संघमा आवद्ध रहेका व्यवसायीलाई स्टल शुःल्कमा २० प्रतिशत छुटको प्रबन्ध मिलाईको छ । एउटा स्टलको १७ हजार ५ सय रुपैया राखिएको आयोज बर्दिवास उधोग बाणिज्य संघ बर्दिवासले जनाएको छ ।