
२८ माघ,बर्दिवास । करेन्ट लागेर महोत्तरीको बर्दिवास नगरपालिकामा आज साझ एक जनाको मृत्यु भएको छ । घरको पेन्ट गर्ने क्रममा फलामको भ¥याङ्गमा अचानक करेन्ट लाग्दा दोलखा गौरिशंकर गाउपालिका –६ का ४९ वर्षीय जगत बहादुर मगरको ज्यान गएको हो ।
करेन्ट लागेर ढलेका घाइते मगरको उपचारका लागि बर्दिवास स्थित बर्दिवास जनसेवामा अस्पतालमा ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक बालिस्टर सिंहले बताएका छन ।
उनका अनुसार मृत्क हाल बर्दिवास स्थित अरिहन्त मंगलम्
ट्रेडिङ कम्पनीमा काम गदै थियो । मृत्क मगर ति कम्पिनिमा राजमिस्त्रको रुपमा काम गरेको निरिक्षक सिंहले बताए ।