‘ए मेरो हजुर ४’ ले तीन दिनमा कमायो २ करोड ४३ लाख ग्रस


४ बैशाख । बिहीबारदेखि प्रदर्शन भइरहेको फिल्म ‘ए मेरो हजुर ४’ ले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ। नयाँ वर्षको अवसर पारेर प्रदर्शन भएको यो फिल्मले ३ दिनमा नेपालभरबाट दुई करोड ४३ लाख ग्रस कमाएको छ।

‘फिल्मले अहिले पनि राम्रो कमाइ गरिरहेको छ। फिल्मले पहिलो दिन नेपालभरबाट ८८ लाख, दोस्रो दिन ६६ लाख र तेस्रो दिन ८९ लाख कमाएको छ,’ वितरक गोविन्द शाहीले भने।

देशभर सिंगल तथा मल्टिप्लेक्स हलमा फिल्मले शनिबार हाउसफुलको व्यापार गरेको थियो।

झरना थापाले निर्देशन गरेको फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतमलगायत कलाकारहरूको अभिनय छ। फिल्मको कथा निर्देशक झरना थापाले लेखेकी हुन्।

सुनिल कुमार थापाले निर्माण गरेको फिल्ममा पटकथा र संवाद लेखनमा निर्देशक थापालाई स्व। निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको