महाराजगन्ज इलाका प्रहरी कार्यालय द्वारा जनचेतना मुलक कार्यक्रम जारी


८ पोष,महाराजगन्ज । कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका वडा नं २ मा स्थित भद्र माध्यमिक विद्यालयमा मा इलाका प्रहरी कार्यालय महाराजगन्ज द्वारा विद्यार्थीहरुमा सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ ।

महाराजगन्ज काे प्रहरी टिमले लागू अाैषत , डाका चाेरी , सामाजिक अपराध , सडक सुरक्षा र व्यक्तिगत सुरक्षा लगायत अन्य विषयहरु मा सम्पूर्ण विद्यार्थी र शिक्षकहरुलाई जनचेतनामूलक कार्यक्रम जारी रहेको इलाका प्रहरी कार्यालय महाराजगन्ज का प्रहरी नायव निरीक्षक राम प्रसाद वेलवासे ले जानकारी दिनु भयो ।

विद्यार्थी र शिक्षिकाहरुलाई अाफ्नाे सुरक्षा अाफै गर्नु पर्छ कसरी गर्नु पर्छ , समाजमा विभिन्न किसिमको अपराध किन हुन्छ , महिला हिंसा एवं लैङ्गकि हिंसा सम्बन्धी , विद्यार्थीहरु कसरी अपराध काे बाटाे मा लाग्छन् , प्रहरी मेराे साथी हाे भन्ने कार्यक्रम लगायत अन्य विषयवस्तुहरु मा छलफल गरिएको प्रहरी नायव निरीक्षक वेलवासेले बताउनु भयो ।

विद्यालय का सम्पूर्ण बालबालिका लगभग ४ सय जना , शिक्षक, शिक्षिका र प्रहरीहरु काे सहभागीता रहेको थियोे । विस्तारै विस्तारै महाराजगन्ज इलाका प्रहरी कार्यालय काे क्षेत्र भित्र पर्ने सबै विद्यालयमा जनचेतनामूलक कार्यक्रम गरिनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको